![]() |
नवानिर्मित प्रवेशद्वार, तस्बिर- प्रभात त्रिपाठी |
गुप्त कालिका मन्दीर प्रवेशद्धारको उद्घाटन कार्यक्रम सम्पन्न
कास्कीकोट, आश्विन
गुप्त कालिका मन्दीर प्रवेशद्धारकोे गैर आवाशिय नेपाली सघं दोहा कतार का भुपु अध्यक्ष नरेन्द्र भाटले उदघाटन गर्नु भएको छ । प्रमुख अतिथि भाटले राजनीतिक आरोपप प्रत्यारोप भन्दा अव कास्कीकोट सहयोग समाजले गरे जस्तै कार्य गरि देश बिकासमा युवाहरु लाग्नु पर्ने बताउनु भयो । कास्कीकोट सहयोग समाजको प्रशंसनीय कार्य सबैकालागि उदाहरण बनेको उहाको भनाई थियो । कास्कीकोटको मौलामा निमार्ण शुरु गरिएको गुप्त कालिका मन्दीर प्रवेश द्धार निमार्ण सम्पन्न भएपछि आश्वीन २२ गते उदघाटन सम्पन्न गरिएको हो ।
बिदेशमा पसिना बगाई गाउको बिकास गर्न अग्रसर कास्कीकोट सहयोग समाज दोहा कतारले मन्दीर प्रवेशद्धार निमार्ण गरेको हो । कास्कीकोटका गैर आवासिय युवाहरु, गैर आवासिय नेपाली तथा स्थानिय व्यक्तिहरुको सहयोगमा प्रवेशद्धार निमार्ण सम्पन्न गरिएको हो ।
विशेष अतिथि विल गुरुङ, तिलक सापकोटा, खिमराज शर्मा, लक्ष्मण गिरिलगायतले सवै जना मिलेर कास्कीकोटको विकास गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
![]() |
स्वागत गर्दै स्थानीय भेष भुषामा |
उद्घाटन समाहरोमा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीकोटका सभापति ठाकुर प्रसाद त्रिपाठीले कास्कीकोटको इतिहास वारे जानकारी गराउनु भएको थियो । स्थानिय लोक सस्कृती तथा पन्चे वाजाद्धारा अतिथिहरुको स्वागत गरिएको कार्यक्रममा कास्कीकोट पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष विष्णु हरी त्रिपाठीले गैरआवासिय नेपाली, संचार क्षेत्र, पर्यटन बोर्ड, नेपाल सरकारले सहयोग गरे कास्कीकोटमा पर्यटनको प्रचुर सभावना रहेको वताउनु भयो । कास्कीकोटमा बस्ने सबैको गाउ बिकासमा उतिकै दाइत्व रहेको हुदा समाजले गरेको अनुकरणीय कार्य अविश्मरणीय रहेको भन्दै समाजलाई बधाई दिनु थियो ।
प्रवेशद्धार निमार्ण कार्य सम्पन्न गर्न करीव एक बर्ष लागेको कार्यक्रमका संयोजक प्रभात त्रिपाठीले जानकारी दिनु भयो । करिब ६ लाखको लागतमा निमार्ण गरिएको प्रवेशद्धारको चित्राङ्कन महेश त्रिपाठीले गर्नु भएको थियो ।
![]() |
दोहाकतारमा कास्कीकोटको गुप्ताकलिका मन्दिर जाने प्रबेसद्वारलाइ सहयोग गर्नपाएकोमा खुशी हुदै बन भोजमा |
उद्घाटन कार्यक्रममा स्थानिय लोक नृत्य लोप उन्मुख रागमालश्री तथा युवाक्ल्वले आफ्नो कला प्रस्तुत गरेका थिए । लोक गाएक तिर्थ सागर सुवेदिको मनोरञ्जनले सबैमा थप हौसला प्रदान गरेको थियो । प्रवेशद्धार २१ फिट उचाई र छ मिटर चौडाई रहेको रहेको छ । कार्यक्रममा नरेन्द्र भाट, विल गुरुङ, नन्दलाल अधिकारी, प्रभात त्रिपाठी, गणेश सुनार, देवि कार्की, मान बहादुर कार्की, महेश त्रिपाठी, फौदे रानाभाट, वावुराम देवकोटा, फेवा क्लब, बिर बहादुर सुनार लगाएतलाई दोसल्ला र कदर पत्रले सम्मान गरिएको थियो । संस्थाका संस्थापक अध्यक्ष नन्दलाल अधिकारीको सभापतित्व, सचिब प्रभात त्रिपाठी र कलाकार नारायण सुनारले कार्यक्रम संचालन गर्नू भएको थियो ।
No comments:
Post a Comment